भोटेकोशीका २ घर पहिरोले पुरिए, ५ जना बेपत्ता

सिन्धुपाल्चोकमा गएराति आएको पहिरोले दुईवटा घर पुरिँदा पाँच जना बेपत्ता भएका छन् ।

भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा गएको पहिरोमा बेपत्ता हुने सबै महिला छन् ।​

स्थनीयका अनुसार आमा, बुहारी, छोरी र दुई नातिनी पहिरोमा बेपत्ता भएका हुन् । एउटा घरमा भने कोही मानिस पनि नबस्ने गरेको बताइएको छ ।

गएराति करिब साढे १ बजे पहिरो गएको थियो । यद्यपि, हालसम्म उद्धारका लागि घटनास्थलमा प्रहरी नपुगेको स्थानीयले बताए ।

पहिरोले फुल्पिङकट्टीकै एक स्कुलको कम्पाउन्डमा पनि क्षति पुर्याएको छ ।





  • प्रकाशित मिति : साउन १, २०७७ बिहीबार ७:१८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया