इलाममा सेनाका एक जवानसहित ६ जनामा कोरोना पुष्टि

इलाम– इलाममा नेपाली सेनाका एक जवानसहित ६ जनामा कोरोना पुष्टि भएको छ । क्वारेन्टाइनमा सुरक्षार्थ खटिएका सेनाका जवानसहित ६ जनामा कोरोना पुष्टि भएको हो ।

कोरोना देखिएकामा इलाम नगरपालिका–८ का एकजना, इलाम नगरपालिका १० का तीनजना र इलाम नगरपालिका ७ का २ जना छन् । 

इलाम अस्पतालका अनुसार कुवेत साउदी, कतार, ग्रिसबाट आएका एक–एक जना, भारतबाट आएका एकजना र क्वारेन्टाइनको सुरक्षार्थ खटिएका नेपाली सेनाका जवानमा कोरोना संक्रमण देखिएको हो । 

जिल्ला समन्वय समितिको क्वारेन्टाइनमा बसेका उनीहरुको गत २८ गते स्वाब परीक्षणका लागि पठाइएको थियो ।

इलाममा यसअघि १६ जनामा कोरोना पुष्टि भएको थियो भने १० जना निको भएर फर्किसकेका छन् । 





  • प्रकाशित मिति : साउन १, २०७७ बिहीबार १६:२१:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया