रुसमा किन कसैले चुनौति दिँदैन पुटिनलाई ?

चलाखी तथा फुर्तिलोपना एउटा मार्सल आटर््सको खेलाडीका लागि सबैभन्दा बढी आवश्यक दुई खुबी हुन् । जुडोमा ब्लयाक बेल्ट पाएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि यी दुवै खुबीले सुसज्जित छन् । 

म्याचो म्यानको छवि बनाएका रुसी राष्ट्रपति पुटिनका बेलाबेलामा त्यस्तै तस्वीरहरु पनि सार्वजनिक भएका हुन्छन्, कहिले उनी मोटरसाइकलमा कतैको यात्रामा निस्किएको हुन्छन् त कहिले उनी ढुंगामा ठूलो तालमा सयर गरिरहेका हुन्छन् । कहिले उनी जुडोको कपडामा ठाँटिएका देखिन्छन् । 

साइबेरियामा विना सर्ट घुमिरहेको उनको घोडसवारी वाला फोटो होस् या स्विमिङ सुट लगाएर समुद्रमा गोताखोरको जस्तो केही अनुसन्धान गरिरहेको तस्वीर किन नहोस्, पुटिनका अहिलेसम्मका सबै तस्वीरहरु विश्वका लागि निकै चर्चित बनेका छन् । 

तर, बिर्सनु हुँदैन, रुसमा पहिलो पटक एकमात्र कीर्तिमान पुटिनले बनाएका होइनन् । यसअघि रुसमा जोसेफ स्टालिनले पनि  कीर्तिमान बनाएका थिए । अब स्टालिनपछि रुसको सत्ताको शिखरमा दुई दशकदेखि राज गरिरहेका पुटिनले पनि त्यहाँ आफ्नो स्थान बनाएका छन् । जसरी सोभियत युनियनका पर्याय स्टालिन बनेका थिए, त्यसैगरि पुटिनले अहिले विश्वभर रुसको छवि बढाएका छन् ।

पुटिनको अहिलेको कार्यकाल सन् २०२४ मा सकिने थियो । तर, उनले चार वर्ष पहिले नै आफ्नो कार्यकाल थप १६ वर्ष सम्म लम्ब्याउन सक्ने गरि संविधान संशोधन गरिदिएका छन् । 

हो, यही कारण उनका आलोचकले उनीमाथि प्रश्न उठाएका छन् । अनि यही कारणले पनि प्रश्न जन्मिएको छ– आखिर रुसमा पुटिनलाई किन कसैले जित्न सकिरहेको छैन ? किन रुपमा पुटिनको विकल्प अरु कोही नभएका होलान् ? 



र, यसको एउटै कारण हो– देशभित्र उनले चाहेको स्थिरता । 

रुसको थिंक ट्याङ्क कारनेगी मस्को सेन्टरका निर्देशक दिमित्री ट्रेनिनको विचार हो यो । उनले थपेका छन्, ‘यसअघि जे भएको थियो, पुटिन त्यो चाहँदैनन्, उनी त देशमा स्थिरता होस् भन्ने चाहन्छन् ।’



दिमित्रीले रुसमा पुटिनले जुन विचार कायम गरेका छन् र जुन प्रभुत्व जमाएका छन्, त्यो आफ्नै शैलीमा गरेका छन् । उनले आफ्ना चुनौतिलाई सहजै चिनेका छन् र त्यसअनुसार काम पनि गरेका छन् । रुसमा पुटिनका लागि सबैभन्दा ठूलो चुनौति थिए, अत्यन्त धनी व्यक्तिहरु ।

सन् १९९१ मा सोभियत संघको विघटन भएपछि बोरिस येल्तसिनले त्यहाँ एउटा काम गरेका थिए– प्राकृतिक स्रोतसाधन तथा राजनीतिक शक्ति केही मानिसहरु विशेषका लागि बाँडिदिएका थिए । अनि उनी दोहोर्याएर राष्ट्रपति बनेका थिए ।

तर, पुटिनले ठिक उल्टो गरे । उनले यस्ता मानिसहरुलाई कमजोर बनाउने प्रयास गरे । अनि पुटिनले देशमा नयाँ नियम ल्याए– कि व्यवसाय गर, कि राजनीति, दुवै साथसाथ हुन सक्दैन । जसले यो मानेनन्, उनीहरु जेलमा परे, उनीहरु निर्वासित भए । कतिपयलाई त मारियो पनि । यही कारणले हुनुपर्छ, रुसमा अब पुटिनको चर्चा हुन थालेको थियो ।

अनि पुटिनले पनि रुसी जनताको साथलाई कहिल्यै कमजोर मानेनन् । 

एक सय वर्षको रुसी इतिहासमा त्यसपछि अचम्म भयो, जनताले रातारात आफ्नो सत्ता बदले । सन् १९१७ मा र सन् १९९१ मा । यी दुई घटनाबाट जे पाठ पुटिनले सिकेका थिए, उनले अहिलेसम्म बिर्सिएका छैनन् । 

त्यसैले हुनुपर्छ, पुटिन पहिलो पटक सत्तामा पुग्दा उनको विषयमा रुसमा मात्र होइन, बाँकी विश्वमा पनि चर्चा हुन थाल्यो ।

तर, यो चर्चा धेरै लामो समय रहेन । उनको आलोचना हुन थाल्यो । युद्धहरुमा रुस पराजित हुन थाल्यो । 

अरेन्ज रिभोलुसनको चार वर्षपछि जब जर्जियासँग युद्धमा रुस होमियो, बल्ल रुसलाई थाहा भयो, जर्जियासँग आधुनिक हतियार थिए । यही ज्ञानका कारण हुनुपर्छ, पुटिनले आफ्नो डिफेन्स सिस्टम विकास गर्न थाले, आफ्नो सैन्य बललाई आधुनिक बनाउनतिर लागे ।

अनि त रुस र पुटिन दुवैको प्रतिष्ठा बढ्न थाल्यो । त्यसपछि पुटिनले क्षेत्रीय रुपमा आफूलाई विस्तार गर्न थाले । सिरियामा भइरहेको गृहयुद्धमा राष्ट्रपति बसर अल असदलाई सहयोग गर्ने निर्णय गरे ।

यसले क्षेत्रीय रुपमा पनि रुसलाई बलियो बनाउँदै लग्यो ।

अर्कोतिर, पुटिनले अमेरिकामा भइरहेको समाजको ध्रुवीकरणलाई पनि अध्ययन गर्न थाले र त्यसको फाइदा उठाउन थाले । रुसले अमेरिकी समाजमा मतभेद पैदा गर्ने कुनै कदम त चालेन तर त्यसको फाइदा उठायो । यसले गर्दा पुटिनको सान र रवाफ फेरि रुसमा बढ्न थाल्यो ।

त्यसैले त पुटिन पछिल्लो २० वर्षदेखि रुसको सत्तामा लगातार बसिरहेका छन् । 

  • प्रकाशित मिति : साउन २, २०७७ शुक्रबार ०:३१:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया