१६ वर्षपछि प्रिमियर लिगमा फर्कियो लिड्स युनाइटेड

कुनै समय बलियो मानिएको लिड्स युनाइटेड १६ वर्षको पर्खाइपछि पुनः इङ्गल्याण्डको शीर्ष लिग प्रिमियर लिगमा फर्किएको छ ।

इङ्गल्याण्डको दोस्रो डिभिजन लिग च्याम्पियनसिपमा गएराति दोस्रो स्थानको वेस्ट ब्रुम हडर्सफिल्ड टाउनसँग २–१ ले पराजित भएसँगै लिड्सले दुई खेल अगावै आगामि सिजनको प्रिमियर लिग खेल्ने पक्का भएको हो ।

लिड्सले ब्रुमसँग ५ अंकको दूरी बनाएको छ । लिड्सले ४४ खेलबाट ८७ अंक जोड्दा ब्रुमले ४५ खेलबाट ८२ अंक जोडेको छ ।

सन् २००१ को च्याम्पियन्स लिगको सेमिफाइनल खेलेको लिड्स त्यसपछिका सिजनमा भने कमजोर प्रदर्शन गर्दै २००४ मा दोस्रो डिभिजनमा घटुवा भएको थियो । त्यतिवेला लिड्सले ३८ खेलबाट मात्र ३३ अंकको साथमा १९ औं स्थानमा रहेर लिग सकाएको थियो ।

सन् १९९२ बाट आधुनिक प्रिमियर लिग सुरु हुनुभन्दा अगाडि लिड्सले ३ पटक शीर्ष लिग उपाधि जितेको थियो । उसले १९९१–१९९२, १९७४ तथा १९६९ को लिग उपाधि जितेको थियो । 





  • प्रकाशित मिति : साउन ३, २०७७ शनिबार १५:०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया