सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई संसदीय समितिका सभापतिहरुको ‘ब्रिफिङ’

काठमाडौं– संसदीय समितिका सभापतिहरुले आफूसम्बद्ध समितिका समस्याबारे सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई जानकारी गराएका छन् । 

संघीय संसदका दुवै सदनका समितिका सभापतिहरुले सोमबार सिंहदरबारमा प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलाई सँगै राखेर ब्रिफिङ गरेका हुन् ।

बैठकमा समिति सभापतिहरुले समितिले गरेको काम–कारबाहीबारे जानकारी गराएका थिए । सांसदहरुले लकडाउनमा यातायातको सुविधा लिएको भन्दै समाचार आएको प्रति समिति सभापतिहरुले असन्तुष्टि पोखेका थिए । 

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख अग्‍निप्रसाद सापकोटाले सभापतिहरुबीच समन्वयको अभाव रहेको र मिटिङ बस्न दूरी कायम गर्नुपर्ने हुँदा परिस्थिति प्रतिकूल रहेकोबारे जानकारी गराएको बताए । 

बैठक प्रतिनिधिसभाका सभामुख अग्‍निप्रसाद सापकोटाको अध्यक्षतामा भएको थियो । बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालका साथै प्रतिनिधिसभाका, राष्ट्रिय सभाका र दुवै सदनका संयुक्त समितिका सभापति सहभागी थिए । 

बैठकमा प्रतिनिधिसभाका १० मध्ये ८, राष्ट्रिय सभाका ४ र संयुक्त समितिका २ मध्ये  १ गरी १३ जना सभापतिहरुको उपस्थिति थियो । छलफलका क्रममा यस्ता बैठकहरु नियमिति गर्ने विषयमा पनि सहमति भएको सचिवालयले जनाएको छ । 
 





  • प्रकाशित मिति : साउन ५, २०७७ साेमबार १७:५९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया