पछिल्लो समय कोरोनाभाइरसका संक्रमित बढ्न थालेपछि फ्रान्सले सार्वजनिक सबै स्थानहरुमा मास्क लगाउन अनिवार्य गरेको छ ।
यसअघि फ्रान्समा सार्वजनिक यातायातमा मास्क लगाउन अनिवार्य गरिएको थियो । तर, अब फ्रान्समा सार्वजनिक स्थानहरुमा पनि मास्क अनिवार्य गरिएको छ ।
फ्रेन्च स्वास्थ्यमन्त्री ओलिभर भेरानले फ्रान्समा अब ४ सयदेखि ५ सयको क्लस्टरमा कोरोनाभाइरस संक्रमित भेटिन थालेको बताएका छन् ।
यसअघि फ्रेन्च राष्ट्रपति इमानुएल म्याक्रोनले जुनमा नै कोरोनाभाइरसमाथि फ्रान्सले जित निकालिसकेको बताएका थिए ।
युरोपमा कोरोनाभाइरसका कारण सबैभन्दा बढी प्रभावित देशमा रहेको फ्रान्समा कोरोना संक्रमितको संख्या २ लाखभन्दा बढी छ भने ३० हजारभन्दा धेरैले कोभिड १९ का कारण ज्यान गुमाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।