वर्षाका कारण विभिन्न ठाउँमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

हिजोदेखि परिरहेको निरन्तर वर्षाका कारण पृथ्वी राजमार्गका विभिन्न ठाउँमा पहिरो गएको छ । दर्जनौँ ठाउँमा गएको पहिरोका काराण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

विशेषगरि पृथ्वी राजमार्गका धादिङ र चितवन खण्डमा निकै धेरै पहिरो गएका छन । यसका कारण चितवन हुँदै आएका गाडीहरु मुग्लिङ नारायणगढ खण्डमा रोकिएका छन् ।

अर्कोतिर, पोखरातिरबाट आएका गाडीहरु तनहुँको आबुखैरेनीमा नै रोकिएका छन् । केही गाडीहरु नौबिसे नआइपुग्दै रोकिएको प्रहरीले जनाएको छ ।
 





  • प्रकाशित मिति : साउन ५, २०७७ साेमबार १८:३०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया