एक वर्षका लागि सर्यो टी–२० विश्वकप

काठमाडौं– आगामी अक्टोबर–नोभेम्बरका लागि तय भएको टी–२० विश्वकप क्रिकेट स्थगित भएको छ । अष्ट्रेलियामा हुने तय भएको सो विश्वकप क्रिकेट प्रतियोगिता एक वर्षका लागि सरेको छ । 

विश्वभर फैलिएको कोरोना महामारीका कारण विश्वकप क्रिकेट एक वर्षपछिका लागि अर्थात् २०२१ का लागि सरेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले जानकारी गराएको छ । आइसिसीको सोमबार बसेको कार्यसमिति बैठकले सो निर्णय गरेको हो । 

आइसिसीले एक विज्ञप्ति जारी गर्दै अष्ट्रलियामा हुने टी–२० विश्वकप अब सन् २०२१ को अक्टोबर नोभेम्बरमा आयोजना गर्ने जनाएको छ । त्यसैगरी, भारतमा हुने २०२२ को टी–२० विश्वकप पनि त्यसको एक वर्षपछि अक्टोबर–नोभेम्बरमा हुनेछ । 

भारतले नै आयोजना गर्ने २०२३ को एक दिवसीय विश्वकप भने तोकिएको मितिमा हुने आइसिसीले जनाएको छ ।





  • प्रकाशित मिति : साउन ५, २०७७ साेमबार २१:११:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया