गृह प्रवक्ता शर्मासहित २६ सहसचिवको सरुवा

गृह मन्त्रालयले २६ जना सहसचिवको सरुवा गरेको छ । जसमा गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्मासमेत परेका छन् ।

गृहका सहसचिव शर्माको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, गण्डकी प्रदेश पोखरामा सरुवा भएको छ । त्यस्तै, गृहका सहसचिव मदन भुजेलको आर्थिक मामिला तथा योजना मन्त्रालय, बाग्मती प्रदेश हेटौँडा सरुवा भएको छ ।

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीको रक्षा मन्त्रायलयमा सरुवा भएको छ । त्यसैगरी, गृह मन्त्रालयका सहसचिव ज्ञानेन्द्र पौडेलको अर्थ मन्त्रालयमा सरुवा भएको छ ।
 





  • प्रकाशित मिति : साउन ८, २०७७ बिहीबार १०:४९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया