इजरायलमा विवादास्पद कोरोना कानुन पारित

इजरायलमा एक विवादास्पद कानुन पारित भएको छ । यो कानुनले सरकारलाई कोरोनाभाइरससँग जोडिएका प्रतिबन्धहरु लगाउन सहज बनाउने छ । अब कोरोनाभाइरसबारे विभिन्न निर्णय र प्रतिबन्ध लगाउन इजरायलमा सरकारले विधेयक तथा प्रस्तावहरु संसदमा लैजानु पर्दैैन ।

इजरायमा अब मन्त्रिपरिषद्ले नै लकडाउनदेखि अन्य प्रतिबन्ध लगाउन सक्ने भएको छ । यसको समीक्षा त्यहाँको संसदले २४ घन्टापछि मात्र गर्न पाउने भएको छ । 

इजरायलमा विपक्षी नेताहरुले यसको व्यापक विरोध गरेका छन् । यसका कारण लोकतन्त्र कमजोर हुने उनीहरुल्े बताएका छन् । सरकारले कोरोना संकटबाट बाहिर आउनका लागि यी कानुनहरु अहिले निकै आवश्यक भएको बताएको छ ।

यो सातामात्रै इजरायलमा १ हजारभन्दा धेरै कोरोनाभाइरस संक्रमित भेटिएका छन् । त्यहाँ कोरोनाका कारण निकै ठूलो संकटका रुपमा बेरोजगारी देखिएको छ ।





  • प्रकाशित मिति : साउन ८, २०७७ बिहीबार १५:७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया