राष्ट्रपतिका कारण संसदीय व्यवस्थामाथि नै गम्भीर प्रश्नः प्रदीप गिरि

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता प्रदीप गिरिले राष्ट्रपतिका कारण संसदीय व्यवस्थामाथि नै गम्भीर प्रश्न उब्जिएको बताएका छन् । 

प्रधानमन्त्रीको निर्णयमा कलमको मसी सुक्न नपाउँदै राष्ट्रपतिले पनि निर्णय लिनुले संसदीय व्यवस्थामाथि नै प्रश्नचिह्न खडा भएको उनको भनाइ छ । नेता गिरीले नेपाली कांग्रेसले संसदमा सरकारको गलत क्रियाकलापमा केही बोल्न नसकेर निरीह व्यव​हार देखाएको बताए ।

सत्तारुढ दल नेकपाका नेताहरुले प्रधानमन्त्रीको राजीनामा मागेको विषयमा पनि उनले टिप्पणी गरेका छन् । प्रधानमन्त्रीको राजीनामाको माग केटाकेटीको खेल भएको उनको भनाइ छ । नेकपाले संसदमा प्रधानमन्त्रीको राजीनामा माग्न नसकेको भन्दै उनले टुँडिखेलमा दुई सय जम्मा गरेर केही नहुने बताए । 

नेपाली कांग्रेसलाई बिपीवादी भन्न लाज हुने भइसकेको उल्लेख गर्दै उनले कांग्रेसले निजीकरणको नाममा समाजवादी नीति भुलेको बताए । 

कांग्रेस गणतन्त्र धर्मनिरपेक्षता र संघीयतामा विधिपूर्वक नगएको भन्दै उनले आमनागरिक तथा नेपाली कांग्रेसमा राजसंस्था हिन्दू राष्ट्रप्रति सकारात्मकता बढेको बताए । नेता गिरीले आफू भने गणतन्त्रवादी भएको बताए ।





  • प्रकाशित मिति : साउन ८, २०७७ बिहीबार १७:३७:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया