‘न्यायालयविरूद्ध सर्वसाधारण सार्वजनिक प्रदर्शनमा उत्रनु गम्भीर घटना’ : डा. आचार्य

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउन माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा शुक्रबार विरोध प्रदर्शन भयो । श्रीमती हत्याको अभियोगमा जन्मकैद भोगिरहेका पूर्वडिआइजी रञ्जन कोइरालाको साढे ११ वर्ष कैद घटाएर साढे ८ वर्ष पुर्याएको आरोपमा प्रधानन्यायाधीशमाथि महाअभियोगको माग गर्दै प्रदर्शन गरिएको हो ।

शुक्रबारको प्रदर्शन न्यायालयकाविरूद्धमा सर्वसाधारणले सार्वजनिक रूपमा गरेको पहिलो विरोध प्रदर्शन रहेकाले यो निकै गम्भीर विषय भएको कानुनका जानकारले बताएका छन् ।

संविधानविद् डा. भीमार्जुन आचार्यले न्यायालय जोगाउन अब पछिल्ला समयमा भएका सबै न्यायाधीश नियुक्तिको निष्पक्ष छानविन गरी पुनः नियुक्तिका लागि आवश्यक कानूनी तथा संवैधानिक प्रवन्ध गरिनु पर्ने बताएका छन् ।

‘न्यायालयकाविरूद्धमा सर्वसाधारणले सार्वजनिक रूपमा विरोध प्रदर्शन गरेको सम्भवत यो पहिलो घटना हो । यो निकै नै गम्भीर विषय हो’, आचार्यले ट्विटरमा लेखेका छन्, ‘न्यायालय जोगाउन अब पछिल्ला समयमा भएका सबै न्यायाधीश नियुक्तिहरुको निष्पक्ष छानविन गरी पुनः नियुक्तिका लागि आवश्यक कानूनी तथा संवैधानिक प्रवन्ध गरिनु पर्दछ ।’

असार १५ गते प्रधानन्यायाधीश राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कोइरालाको सजाय घटाएको थियो । सोही आदेशअनुसार उनी बिहीबार रिहा भइसकेका छन् ।





  • प्रकाशित मिति : साउन १०, २०७७ शनिबार ८:७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया