प्रिमियर लिगमा आज अन्तिम चरणका खेल हुँदै, च्याम्पियन्स लिग होडका लागि कडा प्रतिस्पर्धा हुने
फाइल तस्बिर

कारोनाभाइरसका कारण केही समय रोकिएर पुनः सञ्चालनमा आएको इङ्गलिस प्रिमियर लिग (इपिएल) आजबाट समाप्त हुँदैछ । लिगमा आज अन्तिम चरणका खेलहरु हुँदैछन् ।

लिभरपुलले उपाधि जितिसकेको लिगमा यसअघिको विजेता म्यानचेस्टर सिटी दोस्रो स्थानमा रहने पक्का हुँदा तेस्रो, चांैथौ र पाँचौं स्थानका लागि तीन टोलीबीच तीब्र प्रतिस्पर्धा चलिरहेको छ ।

जसका लागि म्यानचेस्टर युनाइटेड, चेल्सी तथा लेस्टर सिटीबीच प्रतिस्पर्धा भइरहेको छ । यीमध्ये दुईले च्याम्पियन्स लिगमा स्थान बनाउने भएकाले पनि यो प्रतिस्पार्धा निकै रोचक बनेको हो । युनाइटेड तथा चेल्सीको समान ६३ अंक हँुदा लेस्टरको ६२ अंक छ ।

त्यस्तै, रेलिगेसन होड पनि निकै रोमाञ्चक बनेको छ । नर्विच सिटी र बर्नमाउथ रेलिगेसनमा पर्ने निश्चित हँुदा वाटफर्ट तथा एस्टन भिल्लाबीचच रेलिगेसनबाट बच्न चर्को प्रतिस्पर्धा भइरहेको छ । वाटफर्ट र एस्टन भिल्लाको समान ३४ अंक छ ।

आजको खेलमा आर्सनलले घरेलु मैदानमा रेलिगेसन जोनको वाटफर्टको सामना गर्नेछ । आर्सनललाई यो खेलको नजिताले खासै फरक नपार्ने भएता पनि वाटफर्टलाई  रेलिगेसनबाट बच्न यो खेल जित्नै पर्ने दबाव छ ।



बर्नलीले घरेलु मैदानमा ब्राइटनको सामना गर्दा चेल्सीले महत्वपूर्ण खेलमा वल्भ्सको सामना गर्नेछ ।

चेल्सीको घरेलु मैदानमा हुने खेल दुवै टोलीका लागि महत्वपूर्ण छ । चेल्सी घरेलु मैदानको फाइदा उठाउँदै जित हात पारेर च्याम्पियन्स लिग निश्चित पार्न चाहान्छ भने वल्भ्स पनि जित हात पार्दै युरोपा लिग निश्चित गर्ने दाउमा हुनेछ ।



इभर्टनले घरेलु मैदानमा रेलिगेसनमा परिसकेको बर्र्नमाउथको सामना गर्दा म्याचेस्टर सिटीले पनि घरेलु मैदानमा रेलिगेसनमा परेको अर्को टोली नर्विच सिटीसँग प्रतिस्पर्धा गर्नेछ ।

आजको सबैभन्दा महत्वपूर्ण खेलमा लेस्टर सिटी तथा म्याचेस्टर युनाइटेड आमने सामने हँुदैछन् ।

लेस्टरको घरेलु मेदानमा हुने खेल च्याम्पियन्स लिग दौडमा रहेका दुवै टिमका लागि महत्वपूर्ण छ । लेस्टर घरेलु मैदानको फाइदा उठाउँदै च्याम्पियन्स लिग खेल्ने दाउमा हुनेछ भने युनाइटेड पनि लेस्टरलाई पराजित गर्दै च्याम्पियन्स लिग पक्का गर्न चाहन्छ ।

लिग विजेता लिभरपुलले अवे मैदानमा न्युक्यास्टल युनाइटेडसँग खेल्दा क्रिस्टल प्यालेसले घरेलु मैदानमा टोटनहमको सामना गर्नेछ ।

युरोपा लिगको दौडमा रहेको टोटनहमका लागि यो खेल निकै महत्वपूर्ण छ । आजको खेलमा जित निकाल्दै टोटनहम युरोपा लिग निश्चित गर्न चाहन्छ ।

साउथह्यामटनले घरेलु मैदानमा सेफिल्ड युनाइटेडसँग प्रतिस्पर्धा गर्दा महत्वपूर्ण खेलमा एस्टन भिल्लाले वेस्टह्याम युनाइटेडको सामना गर्नेछ ।

वेस्ट हामको घरेलु मैदानमा हुने खेलमा रेलिगेसनबाट बच्न संघर्षरत एस्टन भिल्ला जित हात पार्ने दाउमा हुनेछ ।

आजका सबै खेल नेपाली समयअनुसार राति पौने ९ बजे हुनेछन् ।

  • प्रकाशित मिति : साउन ११, २०७७ आइतबार १३:२२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया