जेमी भर्डीले जिते प्रिमियर लिगको गोल्डेन बुट

गएराति अन्तिम चरणका खेलहरु भएसँगै यो सिजनकोे इङ्गलिस प्रिमियर लिग अन्त्य भएको छ ।

लिभरपुलले यसअघि नै उपाधिमाथि कब्जा जमाइसकेको छ । च्याम्पियन लिभरपुलसँगै म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र चेल्सी शीर्ष चारमा रहँदै आगामी सिजनको च्याम्पियन्स लिगमा छनोट भएका छन् ।

पाँचौं स्थानको लेस्टर सिटीले युरोपा लिग पक्का गर्दा छैटौं स्थानको टोटनहमले युरोपा लिग छनोटको दोस्रो चरण खेल्न पाउनेछ ।

त्यस्तै, नर्विच सिटी, वाटफर्ट तथा बर्नमाउथ अन्तिम तीनमा रहँदै दोस्रो डिभिजनमा झरेका छन् ।

लेस्टर सिटीलाई च्याम्पियन्स लिगमा पु¥याउन नसकेता पनि जेमी भर्डीले सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट प्राप्त गरेका छन् । उनले यो सिजन २३ गोल गरेका छन् ।
भर्डीले आर्सनलका पिरे इमेरिक औबामेयाङ र साउथह्याम्पटनका ड्यानी इन्ग्सलाई पछि पारेका हुन् । यो सिजन दुवैले २२–२२ गोल गरेका छन् ।

त्यसैगरी, म्यानचेस्टर सिटीका केभिन डि ब्रुएनले यो सिजनमा सर्वाधिक गोलको अवसर सिर्जना गर्ने खेलाडी बन्दै एकै सिजनमा सर्वाधिक गोलको अवसर सिर्जना गर्ने थिएरी हेनरीको किर्तिमानलाई बराबरी गरे । उनले यो सिजन २० गोलका लागि अवसर सिर्जना गरेका थिए । आर्सनलका हेनरीले २००२–०३ को सिजनमा यो उपलव्धि हात पारेका थिए ।



साथै, सिटीकै गोलरक्षक एन्डरसनले उत्कृष्ट गोलरक्षक बन्दै गोल्डेन गोल्भ्स जिते । उनले यो सिजनभरी १६ क्लिनचिट राखेका थिए । उनले १५ क्लिनचिट राखेका बर्नलीका निक पोपलाई पछि पारेका हुन् । 



  • प्रकाशित मिति : साउन १२, २०७७ साेमबार ७:४८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया