दक्षिण कोरियामा अमेरिकी राजदूतको जुँगाले गरेको हंगामा

विश्व परिस्थिति वा कूटनीतिमा मानिसको रुप रंगको के चर्चा होला ? के दाह्री र जुँगाले नै पनि विश्व राजनीतिमा कुनै तरंग ल्याउन सक्ला ? यस्तो प्रश्न कसैलाई सोध्यो भने प्रष्ट जवाफ आउँछ– यो सम्भव कुरा नै होइन । तर, दक्षिण कोरियामा अहिले जे भएको छ, त्यसले ठूलो हंगामा मच्चाएको छ ।

किनकि दक्षिण कोरियामा एक व्यक्तिले विवादलाई मत्थर गर्नका लागि आफ्नो जुँगा नै खौरिनु परेको छ । र, ती व्यक्ति हुन्– अमेरिकी राजदूत ।

दक्षिण कोरियामा अमेरिकी राजदूत हुन्– ह्यारी हैरिस । उनले अब क्लिन सेभ गरेपछि भनिएको छ कि त्यहाँ उत्पन्न भएको विवाद मत्थर हुनेछ । दक्षिण कोरिया र अमेरिकाबीच अहिले भएको सैन्य सम्बन्ध थप बलियो हुने अनुमान पनि गरिएको छ ।

दक्षिण कोरियामा अहिले अमेरिकाका २८ हजार पाँच सय सेना तैनाथ छन् । तर, अघिल्लो वर्षदेखि दक्षिण कोरिया र अमेरिकाबीचको सम्बन्धमा बारम्बार खटपट आइरहेको छ । यो विवादको मुख्य कारण हो– उत्तर कोरिया । उत्तर कोरियाबारे दुई देशले बनाएका रणनीति फरक भएपछि यस्तो भएको हो ।

अब यही विषयमा अहिले दक्षिण कोरियामा राजदूत ह्यारी विवादको केन्द्रमा जोडिएका छन् । उनले मनोमानी ढंगले काम गरेको आरोप लगाउँदै आउँदा अहिले फेरि बहस उनको जुँगाको विषयमा पनि केन्द्रीत भएको छ ।

अनि यही सप्ताहन्तमा उनले एउटा भिडियो सामाजिक सन्जालमा राखेका छन् जसमा उनी क्लिनसेभ गरिरहेका छन् ।



यसअघि जनवरीमा चाहिँ सिओलमा देखिएको राजनीतिक विवादमा पनि ह्यारीको जुँगाको विषय बाहिर आएको थियो । अमेरिकी नौसेनाको विशेष अधिकारी भइसकेका ह्यारीले आफ्नो जुँगा नकाटेकाले पाहुनामाथि अन्याय र अपमान भएको बहस हुन थालेको थियो ।

यसलाई कोरियालीहरुले जापानी औपनिवेशिक समयको याद दिलाएको मानिएको थियो । हुन त ह्यारी जापानी आमा र अमेरिकी पिताका सन्तान हुन् । त्यसैले पनि कोरियालीहरुले यसलाई इस्यु बनाएका थिए ।



सन् १९१० देखि १९४५ सम्म कोरियाली प्रयाद्विपमा शासन गरेकाले अहिले पनि कोरियालीहरुले जापानलाई राम्रो नजरमा हेर्दैनन् । ह्यारिस जुलाइ २०१८ देखि कोरियामा अमेरिकी राजदूतको भूमिकामा छन् ।

  • प्रकाशित मिति : साउन १२, २०७७ साेमबार १८:५८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया