अब बेलायत विश्वको नवौं देश बनेको छ जहाँ कोभिड १९ बाट संक्रमितको संख्या तीन लाखभन्दा बढी भएको छ ।
जोन हप्किङ्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार अमेरिका, ब्राजिल, भारत, रुस, दक्षिण अफ्रिका, पेरु, मेक्सिको र चिलीमा यसअघि नै तीन लाखभन्दा धेरै मानिसमा कोरोनाभाइरस संक्रमण भइसकेको छ ।
तर, बेलायतमा पछिल्लो २४ घन्टामा चाहिँ तुलनात्मक रुपमा कम कोरोनाभाइरस संक्रमित भेटिएका छन् । पछिल्लो २४ घन्टामा बेलायतमा कूल ६ सय ८५ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।
त्यस्तै, बेलायतमा पछिल्लो २४ घन्टामा सात जनाले कोभिड १९ का कारण ज्यान गुमाएका छन् । त्यहाँ मार्चमा एक दिनमा कोरोनाबाट भएको मृत्युमा यो नै सबैभन्दा कम हो । अहिलेसम्म बेलायतमा ४५ हजार ७ सय ५९ जनाले कोभिड १९ का कारण ज्यान गुमाएका छन् ।
कोरोनाका कारण हुने मृत्युमा चाहिँ बेलायत तेस्रो नम्बरमा रहेको छ । अमेरिका र ब्राजिलमा बेलायतमा भन्दा धेरैले कोभिड १९ का कारण ज्यान गुमाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।