क्रस होल्डिङका बैंकलाई अनिवार्य मर्जर गराउने राष्ट्र बैंकको तयारी

नेपाल राष्ट्र बैंकले क्रस होल्डिङ रहेका बाणिज्य बैंकलाई मर्जर तथा एक्विजिशनमा लैजाने भएको छ । राष्ट्र बैंकले लामो समयदेखि बैंक तथा वित्तीय संस्थालाई प्रोत्साहन मर्जर तथा एक्विजिशन गरेर बाणिज्य बैंकहरुको संख्या घटाउन पहल गरे पनि उक्त कार्यमा सफल नहुँदा प्रोत्साहन मर्जरमा लैजान लागेको हो । 

 

राष्ट्र बैंकले आज (सोमबार) एकीकृत निर्देशन जारी गर्दै एउटै व्यक्ति÷समूहद्वारा प्रवद्र्धन भएका तथा एकाघर परिवार एवम् व्यवसायिक समूहको प्रत्यक्ष वा अप्रत्यक्ष स्वामित्व÷नियन्त्रणमा रहेका संस्थाहरु र व्यावसायिक सम्बन्ध स्थापित भएका वाणिज्य बैंकलाई एक आपसमा गाभ्न÷गाभिन निर्देशन दिने उल्लेख गरेको छ । जस अनुसार अहिलेकै अवस्थामा सरकारकारबाट प्रवद्र्धित बाहेक ८ वटा वाणिज्य बैंकलाई मर्जरमा लैजान सकिने राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ । 

 

व्यावसायिक समूहको प्रत्यक्ष वा अप्रत्यक्ष स्वामित्व नियत्रणमा रहेको क्रस होल्डिमा रही हाल संचालनमा रहेका नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक, एनआईसी एसिया बैंक र एनएमबी बैंक, एनसिसी र एनबी बैंक, सिटिजन्स बैंक र सिभिल बैंकलाई फोर्स मर्जरमा लैजान सकिने राष्ट्र बैंक स्रोतले जनाएको छ । लक्ष्मी बैंक र हिमालयन बैंकमा पनि एउटै समूहको धेरै लगानी रहेको स्रोतले जनाएको छ ।

 



हाल क्रस होल्डिङलाई फोर्सफुल्ली मर्जरमा लैजाने विषयमा एकीकृत निर्देशनमा मात्र आएको यस विषयमा थप निर्देशन जारी गरिने नेपाल राष्ट्र बैंकको भनाइ छ । कति प्रतिशतभन्दा बढी सेयर स्वामित्व होल्ड गरेका र कस्ता सम्बन्ध रहेका समूहबाट प्रवद्र्धित बाणिज्य बैंकहरुलाई मर्जरमा लैजाने भन्ने विषयमा थप गृहकार्य गरी राष्ट्र बैंकले गाइडलाइन बनाएर निर्देशन जारी गर्ने बताइएको छ । सरकारद्वारा प्रवद्र्धित बैंक तथा वित्तीय संस्थामा भने उक्त नियम लागू नहुने राष्ट्र बैंकले जानकारी दिएको छ । 
 



  • प्रकाशित मिति : साउन १३, २०७७ मंगलबार १६:२९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया