कालिकोटमा पहिरो, एकै परिवारका ५ सहित ७ बेपत्ता

कालीकोट— कालिकोटको रास्कोट नगरपालिका–१ बम्हतोलमा एकै परिवारका ५ जना बेपत्ता भएका छन् । सोमबार रातिको अविरल वर्षासँगै पहिरो खस्दा एकै परिवारका पाँचजना बेपत्ता भएका हुन् ।  

स्थानीय जयबहादुर शाहीको घरमाथिबाट पहिरो खस्दा उनीसहित ५ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार वर्षाले रास्कोट १ ब्रम्हतोलामा खोलाको पानी बस्तीमा पस्दा घरमा सुतिरहेका ५० वर्षीय जयबहादुर शाही, उनकी १५ वर्षीया छोरी संगीता, १२ वर्षीया कोशी, ८ वर्षीय छोरा नवीन र पाहुना आएकी १५ वर्षीया भदैनी अस्मिता शाही पहिरोमा बेपत्ता छन् ।

यस्तै, नरहरिनाथ–८ लालुमा एक किशोर र टाकुल्ला खोलाले बगाउँदा एक वृद्धा बेपत्ता भएकी छन् । रास्कोट–१ का टेक टमटाको घर भत्किँदा छिमेकी एक किशोरीको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, रास्कोट १ पोतमारास्थित टेक टमटाको घर भत्किँदा छिमेकी घरकी १५ वर्षीया बेलपुरा शाहीको मृत्यु भएको छ । टेककी पत्नी मयसरा र छोरी यशोदा घाइते भएका छन् । त्यस्तै, नरहरिनाथ ८ लालुस्थित निर्माणधीन सडकमा हिँड्दै गर्दा पहिरो खस्दा १६ वर्षीय पारस भण्डारी पनि बेपत्ता छन् ।

बाटोमा ठाउँ–ठाउँमा पहिरो खसिरहेकाले घटनास्थल पुग्‍न कठिनाइ भएको प्रहरीले बताएको छ । प्रहरी टोली अझै घटनास्थल पुग्न सकेको छैन ।





  • प्रकाशित मिति : साउन १३, २०७७ मंगलबार १८:५८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया