इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका छोरा येर नेतन्याहूले हिन्दुहरुसँग माफी मागेका छन् । उनले सोमबार ट्विटरमार्फत माफी मागेका हुन् ।
२९ वर्षीय येरले गत आइतबार ट्वीटरमा देवी दूर्गाको एक तस्वीर पोष्ट गरेका थिए, जसमा सरकारी वकिल लिआत बेन अरीको टाउको जोडिएको थियो । । तस्वीरसँगै उनले लेखेका थिए, ‘आफ्नो औकात बुझ तुच्छ व्यक्तिहरु हो ।’
अरीले बेन्जामिन नेतन्याहुविरुद्धको भ्रष्टाचारको मुद्दा हेर्दै आएकी छन् ।
बेन्जामिनका छोरा येरले पोष्ट गरेको देवी दूर्गाका हातहरुबाट अभद्र इशारा गरेको पनि देखिन्छ । देवी दूर्गाको बाहन सिंहको अनुहारमा इजरायलको महान्यायाधिवक्ताको तस्बिर जोडिएको थियो
येरले यस्तो फोटो शेयर गरेपछि उनको तीव्र आलोचना भएको थियो । त्यसपछि उनले माफी मागेका हुन् ।
‘मैले एक व्यंग्यात्मक पेजबाट मिम शेयर गरेको थिएँ, जसमा इजरायलका नेताहरुको आलोचना गरिएको थियो । यो तस्बिर सम्बन्ध हिन्दू धर्मप्रतिको आस्थासँग छ भन्ने मलाई थाहा थिएन’, उनले लेखेका छन्, ‘मलाई जब मेरा भारतीय साथीहरुले त्यसबारे जानकारी दिए, त्यसपछि मैले मेरो ट्विट डिलिट गरिदिएँ । म यसको लागि माफी चाहन्छु ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।