पहिरोले पुरिएर एकै परिवारका सातसहित नौको मृत्यु
फरकधार / १४ साउन, २०७७
यो सामग्री सेयर गर्नुहोस्

कालिकोट– पहिरोले पुरिएर कालिकोटमा नौजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकै परिवारका सातजना र अन्य दुईजना छन् ।   



मंगलबार राति नरहरिनाथ गाउँपालिकामा दुई ठाउँमा पहिरो जाँदा उनीहरुको मृत्यु भएको हो । उनीहरुको पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भएको हो ।



मृत्यु हुनेहरुमा नरहरिनाथ–७ का ६२ वर्षका गंगे बुढा, ६१ वर्षकी नैना बुढा, २४ वर्षका कुशा बुढा, १० वर्षकी चन्द्रिका बुढा, सात वर्षका राम बुढा र डेढ वर्षका चरित्र बुढा छन् । 



यस्तै, १८ वर्षकी बिमला बुढाको उपचारको क्रममा मृत्यु भएको हो । नरहरिनाथ नगरपालिका–४ मा पहिरोले घर पुरिँदा ६२ वर्षका बले बुढा र उनकी श्रीमती मन बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ ।



प्रहरीले सबैको शव पोस्टमार्टमका लागि अस्पताल लाने तयारी भइरहेको जानकारी दिएको छ ।





  • प्रकाशित मिति : साउन १४, २०७७ बुधबार २०:४४:३३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया