जापानमा फेरि बढे कोरोना संक्रमित, लाग्न सक्छ संकटकाल

जापानमा फेरि पनि कोरोनाभाइरस संक्रमितको संख्या बढ्न थालेको छ । यसका साथसाथै त्यहाँको राजधानी टोकियोका अधिकारीहरुले अब फेरि समस्या बढ्दै गएमा जापानमा आपतकाल लाग्न सक्ने चेतावनी दिएका छन् । 

जापानमा बिहीबार पहिलो पटक १ हजारभन्दा धेरै कोरोनाभाइरस संक्रमित थपिएका छन् । जापानको राष्ट्रिय समाचार एजेन्सी एनएचकेका अनुसार यसभन्दा पहिले जापानमा ९ सय ८१ जना मात्र कोरोनाभाइरस संक्रमित थपिएका थिए ।

एक साता पहिले जापानमा पर्यटनको प्रोत्साहनका लागि राष्ट्रिय स्तर एक अभियान चलाइएको थियो ।

तर, विश्व स्वास्थ्य संगठनले यस्तो फैसलामाथि टिप्पणी गरेको छ । अब संक्रमण केवल टोकियोमा मात्र होइन, त्यहाँभन्दा बाहिर पनि फैलिएको छ ।

जापानका विकट टापुहरुमा पनि अब कोरोनाभाइरस संक्रमित भेटिन थालेको बताइएको छ ।





  • प्रकाशित मिति : साउन १६, २०७७ शुक्रबार २०:४७:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया