कोरोनाबारे छलफल गर्न डब्लूएचओको आपतकालीन बैठक

कोरोनाभाइरसको संक्रमणलाई विश्व महामारी घोषणा गरेको ६ महिनापछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को आपतकालीन कमिटीको बैठक सम्पन्न भएको छ ।

बैठकपछि डब्लूएचओका प्रमुख डा. टेड्रोस एडहानम गेब्रियससले अहिलेसम्म कोरोना संक्रमण विश्व महामारीकै रूपमा रहेको बताएका छन् ।

डब्लूएचओले गत वर्ष जनवरी ३० तारिखमा कोरोनालाई विश्वव्यापी महामारी घोषणा गरेको थियो । यसपछि विश्वमा जुन स्थिति सिर्जना भएको छ, त्यसको आकलन गर्न डब्लूएचओको आपतकालीन कमिटीको बैठक बसेको हो ।

बैठकले अहिले पनि यो विश्वव्यापी महामारी नै रहेको निष्कर्ष निकालेको छ ।

‘धेरै देशमा कोरोनाभाइरसको संक्रमण भयावह बनिरहेको छ । जहाँ संक्रमणको दोस्रो लहर देखिन थालेको छ’, डब्लूएचओका प्रमुख डा. टेड्रोसले भने, ‘साताको सुरुमा जहाँ संक्रमण कम देखिएको थियो, त्यहाँ अहिले रोग तीव्र गतिमा फैलिरहेको छ ।’

तीन महिनापछि डब्लूएचओको पुनः आपतकालनी कमिटीको बैठक बस्ने र कोरोनाको स्थिति समीक्षा गर्ने तय भएको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन् ।
 





  • प्रकाशित मिति : साउन १८, २०७७ आइतबार ८:३०:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया