आज जनै पूर्णिमा तथा रक्षाबन्धन

आज जनै पूर्णिमा तथा रक्षाबन्धन देशभर मनाइँदैछ । आजको दिन तागाधारीले आफ्नो जनै फेर्ने गर्छन् ।

साथै, आज पण्डितसँग डोरो बाँध्ने गरिन्छ । जनै पूर्णिमाका दिन बाँधिएको धागोलाई तिहारमा लक्ष्मीपूजाको दिनमा फुकालेर गाईको पुच्छरमा बाँधी विसर्जन गर्ने परम्परा छ ।

तराईमा आजका दिन दिदीबहिनीले आफ्ना दाजुभाइहरुका नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै स्नेहको प्रतीक राखी बाँधिदिने चलन पनि छ । पछिल्लो समयमा यो संस्कृति पहाडी क्षेत्रमा समेत विस्तार हुँदै गएको पाइन्छ ।

नेवार समुदायले यस पर्वलाई ‘गुन्हु पुन्ही’को रुपमा कनाउने गर्छन् । मास, भट्मास, मुँग, ठूलो केराउ, सानो केराउ, चना, सिमी, गुसर र बोडी गरी नौ प्रकारको गेडागुडी मिसाई पकाएको क्वाँटी खाने चलन छ ।

क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रैदेखि तापको सञ्चार गर्छ भन्ने मान्यता छ । 





  • प्रकाशित मिति : साउन १९, २०७७ साेमबार ७:११:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया