विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या ६ लाख ९२ हजार नाघ्यो

विश्वमा कोरोना भाइरस संक्रमणका कारण ६ लाख ९२ हजार  ७ सय ९४ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जानकारी दिएको छ ।

संगठनका अनुसार सोमबारसम्म विश्वभरिमा १ करोड ८२ लाख ३४ हजार ९ सय ३६ जना व्यक्ति कोरोना संक्रमित भएका छन् । संक्रमितमध्ये हालसम्म १ करोड १४ लाख ४४ हजार ८ सय २१ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६० लाख ९७ हजार ३ सय २१ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितमध्ये ६५ हजार ७ सय ५४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

गत वर्ष डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
डब्ल्यूएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४८ लाख १३ हजार ६ सय ४७ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ५८ हजार ३ सय ६५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ४२ लाख ४५ हजार ५ सय ४२ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ४७ हजार ८ सय ९२ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ५६ लाख ५७ हजार ५ सय ५२ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ २ लाख २२ हजार १ सय ८६ जनाको मृत्यु भएको छ ।

युरोपमा २८ लाख ९८ हजार ९ सय ४४ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने २ लाख ३ हजार ७ सय ९४ को मृत्यु भएको छ । एसिया ४४ लाख ५१ हजार ६५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ९९ हजार ३ सय २४ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ९ लाख ६१ हजार ३ सय ८८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २० हजार ३५० जनाको मृत्यु भएको छ ।  ओसियानामा १९ हजार ७ सय २४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २ सय ३३ जनाको मृत्यु भएको छ । 
 





  • प्रकाशित मिति : साउन १९, २०७७ साेमबार १३:३८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया