आज गाईजात्रा पर्व, होशियारीपूर्वक मनाइँदै

आज नेवार समुदायमा गाईजात्रा पर्व मनाइँदैछ । गाईजात्रा मनाउने प्रचलन काठमाडौं उपत्यकामा बढी छ । यद्यपि, नेवार समुदायको बसोवास भएका अन्य जिल्लामा पनि यो जात्रा मनाउने चलन बढ्दै छ ।

कोरोनाभाइरस सङ्क्रमण बढ्दै गएपछि यस वर्षको गाईजात्रा भने निकै होशियारीपूर्वक मनाउनुपर्ने भएको छ ।

सरकारले ज्येष्ठ नागरिक र बालबालिकालाई भीडभाडमा नल्याउन अनुरोध गरिसकेकाले विगतझैँ यस वर्षको गाईजात्रा तामझामका साथ नहुने भएको छ ।

भक्तपुरमा प्रतियोगितात्मक रूपमा हुँदै आएको यो जात्रा सामान्य साङ्केतिक रूपमा मात्र मनाइने भएको छ । काठमाडौँमा पनि ज्यापू महागुठी र पाटनमा ज्यापू समाजले साङ्केतिक रूपमा मात्र जात्रा मनाउन आग्रह गरेका छन् ।

तत्कालीन राजा प्रताप मल्लका छोरा चक्रवर्तेन्द्रको मृत्युबाट भावविह्वल रानी भुवन लक्ष्मीलाई दुनियाँका सन्तान पनि मरेका हुन्छन् भनेर सान्त्वना दिन वर्ष दिनभित्र मानिस मरेका घरबाट गाईजात्रा निकाल्न लगाएको र यसले कालान्तरमा जात्राको रूप लिएको इतिहास छ ।

जात्रा परिक्रमा गर्दा गराउँदा तत्कालीन हनुमानढोका दरबार घुमाउनुपर्ने चलन छ ।
 





  • प्रकाशित मिति : साउन २०, २०७७ मंगलबार ७:५९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया