ट्रकको ठक्करबाट बालिकाको मृत्यु

चितवनको माडी नगरपालिका–९ वगईमा मंगलबार ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय माडीका अनुसार मृत्यु हुनेमा स्थानीय विजय दुराकी छ वर्षीया छोरी खुसुबु रहेकी छन् । 

ठोरीबाट सामान लिएर माडीतर्फ आउँदै गरेको ना५ख ६७७९ नम्बरको ट्रकले खुसुबुलाई ठक्कर दिएको थियो । ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।





  • प्रकाशित मिति : साउन २०, २०७७ मंगलबार २०:१:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया