पाकिस्तानले जारी गर्‍याे नयाँ नक्सा, समावेश गर्‍याे जम्मु–कश्मिर–लद्दाख

पाकिस्तानको मन्त्रिपरिषद्ले देशको नयाँ नक्सा जारी गरेको छ । यो राजनीतिक नक्सामा पाकिस्तानले जम्मु–कश्मिर–लद्दाख–जुनागढ पनि समावेश गरिएको छ । यसअघि यी ठाउँहरुलाई भारतले पनि आफ्नो नयाँ नक्सामा समावेश गर्दै आएको थियो ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मंगलबार यसको जारकारी दिँदै अब देशले नयाँ नक्सा नै प्रचलनमा ल्याउने बताएका छन् । उनको यो कदमलाई सबैले स्वागत गरेका छन् ।

खानले यो नयाँ नक्साले पाकिस्तानी जनतालाई प्रतिनिधित्व गर्ने र यसले कश्मिरका जनताको सैद्धान्तिक विचारधारालाई पनि समर्थन गर्ने बताएका छन् ।

खानले अब पाकिस्तानका स्कुल, कलेज तथा सबै सरकारी अफिसमा यही नक्सा राखिने र पढाइनु पर्ने पनि बताएका छन् । 

यता, भारतले पाकिस्तानको यो नयाँ नक्सालाई खारेज गर्दै यसलाई अवैधानिक बताएको छ ।





  • प्रकाशित मिति : साउन २१, २०७७ बुधबार ४:२१:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया