काठमाडौं– गृह मन्त्रालयले कोरोनाको जोखिम बढेको भन्दै काठमाडौं उपत्यका र कोरोना संक्रमित धेरै भएका जिल्लामा बिहीबारदेखि लागू हुने गरी सवारीसाधनमा जोर–विजोर प्रणाली लागू गरेको छ । संघीय राजधानी काठमाडौंसहित दुई सयभन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा जोर–विजोर प्रणाली लागू गरिएको हो ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले बुधबार प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका छन् । यसअघि सरकारले २६ असारबाट निजी सवारी साधनको जोर–विजोर प्रणाली हटाएको थियो ।
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञसँग गरेको छलफलमा आएको सुझाबअनुसार सरकारले पछिल्लो कदम चालेको हो । छलफलमा विज्ञहरुले पूर्ण लकडाउन नगर्न सुझाव दिदै संक्रमित बढी भएका क्षेत्रमा कडाइ गर्न सुझाब दिएका थिए ।
गृहमन्त्रालयले ५ बुँदे निर्देशन जारी गर्दै बिहीबारदेखि लागू हुने गरी जोर–विजोर नम्बरका आधारमा सवारीसाधन सञ्चालन गर्ने व्यवस्था गर्ने जनाएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।