कोरोना परीक्षणको अनलाइन भुक्तानीमा दुई सय छुट

काठमाडौं– सरकारले तोकेभन्दा कम शुल्कमा कोभिड–१९ को आरटी–पिसिआर परीक्षण गर्दै आएको ‘बिध ल्याब’ले कोरोना परीक्षण गर्दा लाग्ने खर्च अनलाइबाट भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । कोभिड परीक्षणको शुल्क अनलाइनबाट भुक्तानी गर्दा थप २०० छुट पाइने बिध ल्याबले जनाएको छ ।

कोरोनाबाट जोगिनका लागि भौतिक दूरी नै उत्तम उपाय देखिएका सन्दर्भमा सेवाग्राहीले शुल्क बुझाउनका लागि भौतिक उपस्थित हुनु नपर्ने व्यवस्थाले सम्भावित जोखिम न्यूनीकरणमा सघाउ पुग्ने ल्याबका सञ्चालक विके भण्डारीले जानकारी दिए ।

डिजिटल भुक्तानी सेवा प्रदायक ‘इ–सेवा’ वा ‘खल्ती’ मध्ये कुनै पनि मध्यामबाट आरटी–पिसिआर परीक्षणको शुल्क भुक्तानी गर्न सकिनेछ । ‘अहिलेको जटिलतालाई मध्यनजर गरेर हामीले अनलाइनबाटै शुल्क भुक्तानी गर्न सकिने गरी व्यवस्था गरेका हौँ,’ उनले भने, ‘यसका लागि इ–सेवा र खल्तीसँग सहकार्य गरिएको छ । जसबाट परीक्षण शुल्क भुक्तानी गर्दा सेवाग्राहीले थप २०० क्यासब्याक पाउनेछन् ।

नगद कारोवारबाट समेत कोरोना भाइरस फैलनसक्ने जोखिम रहेकाले अनलाइन भुक्तानी प्रणाली अपनाइएको भण्डारीको भनाइ छ । नगद कारोवार गर्दा कोरोना भाइरस सर्ने सम्भावना उच्च रहेको विभिन्न अध्ययनले पुष्टि गरेका छन् । शुल्क लिएर कोरोना परीक्षण गर्न सरकारबाट अनुमति पाएको बिध ल्याबले सरकारले तोकेभन्दा कम शुल्कमा नै आरटी–पिसिआर परीक्षण गर्दै आएको छ । ल्याबले प्रतिनमूना रु चार हजारमा कोरोना परीक्षण गर्दै आएको छ । अनलाइनबाट शुल्क भुक्तानी गर्दा सेवाग्राहीले प्रतिनमूना रु तीन हजार ८०० मात्र तिरे पुग्छ । सरकारीसहित केही निजी प्रयोगशालाले प्रतिनमूना रु पाँच हजार ५०० शुल्क लिएर कोरोना परीक्षण गर्दै आएको छन् । 

सो ल्याबले परीक्षणको नतिजा पनि छिटोछरितोरुपमा उपलब्ध गराइरहेको छ । 'परीक्षण गरेको चार घण्टामा नै हामी नतिजा उपलब्ध गराउँछौँ,' सञ्चालक भण्डारीले भने । उक्त ल्याबले एक दिनमा चार हजार २०० नमूना परीक्षण गर्ने सक्ने बताइएको छ । 





  • प्रकाशित मिति : साउन २३, २०७७ शुक्रबार १९:४९:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया