धनुषामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका कांग्रेस नेतासहित दुईको मृत्यु

धनुषा– धनुषामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ जना अस्पतालका चौकीदार र अर्का नेपाली कांग्रेसका नेता छन् । 

धनुषाको मिथिला विहारी नगरपालिका–५ घर भएका ४५ वर्षीय पुरुषको एक्कासि ज्वरो र रुघाखोकीका साथै श्वास फेर्न समस्या भएपछि शनिबार राति उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

प्रजिअ भट्टराईकाअनुसार उनको शव सोही अस्पतालमा राखिएको र स्वाब संकलन गर्ने काम भइरहेको छ । बिदामा गएका बेला उनी अचानक बिरामी भएका थिए । त्यसैगरी धनुषाकै सहिद नगरपालिका–८ का ५० वर्षीय नेपाली कांग्रेसका नेताको पनि जनकपुरधामस्थित काव्य अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । 

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा मृत्यु भएका उनको पनि स्वाब संकलन गर्ने काम भइरहेको प्रजिअ भट्टराईले जानकारी दिए । 

धनुषामा दुई साताअघि सहिद नगरपालिका–८ का ३६ वर्षीय पुरुषको कोरोना सङ्क्रमणले मृत्यु भएको थियो ।





  • प्रकाशित मिति : साउन २५, २०७७ आइतबार १६:१९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया