हेटौँडा उपमहानगरपालिकामा निषेधाज्ञा

हेटौँडा– समुदायस्तरमा कोरोनाभाइरस संक्रमण बढ्न सक्ने जोखिम देखिएको भन्दै प्रदेश ३ को राजधानी हेटौँडामा निषेधाज्ञा जारी गरिएको छ । 

मकवानपुर जिल्ला प्रशासन कार्यालयले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी साउन ३२ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । 

मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले एक विज्ञप्ति जारी गर्दै कोरोनाभाइरस समुदायस्तरमै संक्रमण बढ्न सक्ने जोखिम देखिएकाले निषेधाज्ञा जारी गर्नुपरेको उल्लेख गरेका छन् । 

प्रजिअ नेपालद्वारा जारी विज्ञप्तिमा हेटौँडा उपमहानगरपालिकाका साथै मनहरी गाउँपालिकाको महेन्द्र राजमार्गको आसपास क्षेत्रमा पनि निषेधाज्ञा जारी गर्नका लागि जिल्ला सुरक्षा समितिलाई सिफारिस गरिने उल्लेख​ छ ।





  • प्रकाशित मिति : साउन २५, २०७७ आइतबार २०:१९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया