प्रधानन्यायाधीशको भूमिकाले न्याय सम्पादन कमजोरः नेपाल बार

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको भूमिकामाथि नेपाल बार एसोसियसनले प्रश्न उठाएको छ । सोमबार बारले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जबराले सन्तोषजनक न्याय सम्पादन दिन नसकेको आरोप लगाएका हुन् । 

प्रधानन्यायाधीशले न्याय सम्पादनमा व्यावहारिक भूमिका निर्वाह गर्न नसकेको श्रेष्ठको आरोप छ । प्रधानन्यायाधीश जबराले पदमा बहाली हुँदा न्यायपालिकाभित्रको विकृति हटाउने उल्लेख गरेको स्मरण गर्दै श्रेष्ठले अहिले व्यवहारमा त्यस्तो नदेखिएको बताए । 

यसबारे नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशसमक्ष विभिन्न १७ बुँदे माग सहितको पत्र बुझाइसकेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । 

अदालतमा नियुक्त भएका केही न्यायाधीशमा पदानुकूलको अनुभव तथा ज्ञानको अभाव रहेको गुनासो आएकाले त्यस्तालाई पहिचान गरी न्याय परिषद्मा हाजिर गराई प्रशिक्षण, तालिम र अध्ययनको उचित व्यवस्था गर्न माग समेत बारले गरेको छ ।

बारले न्यायाधीश र नेपाल बार एसोसिएसनका पदाधिकारीको सम्पत्ति पारदर्शी रुपमा छानबिन गरी सार्वजनिक गर्ने व्यवस्था मिलाउन समेत माग गरेको छ । 





  • प्रकाशित मिति : साउन २६, २०७७ साेमबार १८:३०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया