डोटी बस दुर्घटना :  तीन मृतकको सनाखत, ३३  घाइते

पूर्वीचौँकी गाउँपालिका–१ फुलौटमा बुधबार  बिहान भएको बस दुर्घटनामा परी निधन भएका तीन जनाको सनाखत भएको छ । घटनामा ३३ जना घाइते भएका छन् । तिनमा १२ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 
 

दुर्घटनामा मृत्यु हुनेमा अछाम जिल्ला चौरपाटी गाउँपालिका–७ मार्कु बस्ने ३० वर्षीय टीकाराम विक, मङ्गलसेन नगरपालिका–७ अछाम बस्ने ५५ वर्षीया धनी शाही तथा बान्नीगढजयगढ गाउँपालिका–३ अछाम बस्ने  ६० वर्षीय पदम साउद  छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार कैलालीबाट अछामका लागि जाँदै गरेको कर्णली रिभर यातायातको ना६ख २५२९ नम्बरको बस दुर्घटनामा परेको हो । 

घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।  बस सडकबाट कम्तीमा पनि ३० मिटर तल खोलामा खसेको प्रहरीले जानकारी दिएको छ । भारतबाट रोजगारी गरी घर फर्किएका अछामका नागरिक लिएर आएको उक्त बस दुर्घटनामा परेको हो । वर्षात्का कारण सडक चिप्लो भएको र चालक पनि निदाएका कारण गाडी दुर्घटना भएको हुन सक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ ।





  • प्रकाशित मिति : साउन २८, २०७७ बुधबार १४:९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया