कर्मचारीमा कोरोना पुष्टि भएपछि राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग सिल

काठमाडौं– नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग सिल गरिएको छ । मुद्रा व्यवस्थापन विभागमा कार्यरत एक कर्मचारीमा कोरोना पुष्टि भएपछि विभाग सिल गरिएको हो । 

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार बुधबार दिनभर राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग सिल गरेर सङ्क्रमित व्यक्तिको नजिकमा रहेर काम गर्नेहरुको पिसिआर जाँच गरिएको छ । 

राष्ट्र बैँकका सबै कर्मचारीमा कोरोनाको परीक्षण गर्ने तयारी भइरहेको प्रवक्ता भट्टले जानकारी दिए । 





  • प्रकाशित मिति : साउन २८, २०७७ बुधबार २०:६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया