रोनाल्डोलाई बार्सिलोना पठाउने युभेन्टसको तयारी

एजेन्सी– इटालियन क्लब युभेन्टसले आफ्ना खेलाडी क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध गर्न बार्सिलोनालाई प्रस्ताव गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार युभेन्टसले स्पेनिस बार्सिलोनालाइ रोनाल्डो अफर गरेको हो । 

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड हुँदै स्पेनिस रियल म्याड्रिडमा ९ वर्ष बिताएर रोनाल्डो २०१८ मा युभेन्टस गएका थिए । 

इटालियन क्लब युभेन्टसलाई च्याम्पियन्स लिग जिताउने सपना बुनेर आएका रोनाल्डो लगातार दुई सिजन निरास भएका छन् । युभेन्टस गत सिजन च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएको थियो भने यो सिजन क्वार्टर फाइनलको यात्रा गर्न समेत सकेन । 

यदि रोनाल्डोको बार्सिलोना यात्रा सफल भए मेसी र रोनाल्डोले एउटै टोलीबाट खेल्नेछन् । 

पछिल्लो दशक फुटबलमा एकछत्र राज गरिरहेका मेसी र रोनाल्डो एकआपसका ठूला प्रतिद्वन्द्वी हुन् । यस सिजन रोनाल्डोले युभेन्टसका लागि ३७ गोल गरेका छन् । 





  • प्रकाशित मिति : साउन २९, २०७७ बिहीबार १८:५४:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया