नेपालमा पाकिस्तानको ७४औँ स्वतन्त्रता दिवस मनाइयो

एजेन्सी– पाकिस्तानको ७४औँ स्वतन्त्रता दिवसका अवसरमा यहाँस्थित पाकिस्तानी राजदूतावासमा त्यहाँको राष्ट्रिय झण्डा फहराइएको छ । 

नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले झण्डोत्तोलन गर्दै राष्ट्र निर्माणमा राष्ट्रपिता मोहम्मद अलिजिन्हाले गरेको योगदानको स्मरण गरे ।

त्यसअघि राष्ट्रपति अरिफ अल्भी र प्रधानमन्त्री इमरान खानले स्वतन्त्रता दिवसका अवसरमा जारी गरेका बेग्लाबेग्लै सन्देश वाचन गरिएको थियो । 

यसै अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दिएको भिडियो सन्देश पनि प्रस्तुत गरिएको थियो । 

झण्डोत्तोलन समारोहमा दूतावासका कर्मचारी, नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संघका पदाधिकारी एवं सञ्चारकर्मीको उपस्थिति थियो । 





  • प्रकाशित मिति : साउन ३०, २०७७ शुक्रबार १७:२२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया