नवलपरासीमा पनि निषेधाज्ञा

काठमाडौं– कोरोना भाइरस संक्रमित बढेसँगै नवलपरासीमा पनि निषेधाज्ञा जारी गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय नवलपरासीले शनिबार राति १२ बजेदेखि भदौ ६ गते राति १२ बजेसम्म ७ दिनका लागि निषेधाज्ञा जारी गरेको हो । 

जिप्रकाले मानिसहरुको जमघट, भेटघाट, कुनै प्रकारका बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल, भेलाजस्ता सामूहिक जमघट हुने कार्यहरु नगर्ने, नगराउने तथा धार्मिकस्थलमा दैनिक नित्य पूजाबाहेक अन्य कुनै पनि गतिविधि सञ्चालन नगर्न आग्रह गरेको छ । 

प्रमुख जिल्ला अधिकारी सागर मणि पाठकले विज्ञप्तिमार्फत निषेधाज्ञा जारी गरिएको जानकारी गराएका छन् । 





  • प्रकाशित मिति : साउन ३०, २०७७ शुक्रबार १८:१९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया