राहत लिएर गृहमन्त्री थापा पहिरो प्रभावित क्षेत्रमा

गृहमन्त्री रामबहादुर थापा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ पहिरो खसेको क्षेत्र लिदीमा राहत सामग्रीसहित गएका छन् ।

नेपाली सेनाको हेलिकप्टरमा उनीसहित गृहसचिव महेश्वर न्यौपाने तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलको टोली पहिरो प्रभावित क्षेत्रमा गएको हो । 

प्राप्त विवरणअनुसार पहिरोमा परी ११ व्यक्तिको मृत्यु भएको छ भने २७ जना अझै बेपत्ता छन् । त्यहाँका ३७ घर पहिरोमा परी ठूलो धनजनको क्षति भएको छ । केही घाइतेलाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । यसअघि बिहान सभामुख अग्नि सापकोटा पहिरोग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गरेर फर्किएका थिए । त्यही बेला केही घाइतेको उद्धारसमेत गरिएको थियो । 





  • प्रकाशित मिति : साउन ३०, २०७७ शुक्रबार १९:२०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया