हेटौँडा– हेटौँडा उपमहानगरपालिकामा भदौ १ देखि ९ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । यसअघि साउन २६ गतेदेखि ३२ सम्म निषेधाज्ञा जारी भएको थियो ।
कोरोना भाइरस जनस्तरमा फैलिन थालेपछि जनताको स्वास्थ्य सुरक्षाका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरको आइतबारको बैठकले नौ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो । जिप्रकाले खाद्यान्न, तरकारी र फलफूलका पसल बिहान ५ देखि ८ बजेसम्म खुला रहने जनाएको छ ।
जिल्ला बाहिरबाट भित्र तथा जिल्लाभित्रबाट बाहिरको आवागमन पनि रोकिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।