उच्च अदालतले लगानी बोर्डका भट्टविरुद्ध अन्तरिम आदेश दिएन

काठमाडौं– लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गरिएको विषयमा उच्च अदालतमा परेको मुद्दामा अदालतले अन्तरिम आदेश दिएन । अदालतले अन्तरिम आदेश नदिएपछि भट्टलाई प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गर्न बाटो खुलेको छ । 

उच्च अदालत पाटनका न्याायाधीश ईश्वरराज आचार्य र ठाकुरप्रसाद शर्मा पौडेलको संयुक्त इजलाशले भट्टविरुद्ध आइतबार अन्तरिम आदेश जारी नहुने आदेश गरेको हो । 

सो मुद्दामा यसअघि साउन २७ गते न्यायाधीश नहकुल सुवेदीको इजलाशले दुवै पक्षलाई छलफलमा झिकाएको थियो । उनलाई साउन ३२ गतेसम्म कार्यकारीका रुपमा काम नगर्न आदेश दिइएको थियो ।

सरकारले साउन १९ गते भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।





  • प्रकाशित मिति : साउन ३२, २०७७ आइतबार २०:०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया