बारामा प्रहरीले झडप रोक्न ६ सेल अश्रु ग्यास र १३ राउन्ड हवाई फायर गरेको छ ।
सिम्रौनगढ नगरपालिका–११ भवानीपुर र आदर्शकोतवाल गाउँपालिका–६ पटेर्वाका बासिन्दाबीच भएको विवादले उग्र रुप लिएपछि झडप रोक्न हवाइ फायर गरेको बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले बताए ।
झडपका क्रममा चार जना प्रहरी र १२ जना सर्वसारधण घाइते भएका छन् ।
कुलोमा माछा मारेको र डुबानको विषय भएको विवादले झडपको रुप लिएको डिएसपी मिश्रले बताए । ‘गाउँ गाउँबीच नै आक्रमण र प्रतिकार सुरु भएछ, घर टहरा समेत भत्काउन सुरु गरेपछि जिल्लाबाट थप टोली गयौं ।
६ सेल अश्रु ग्यास प्रहार गर्दा पनि झडप रोकिएन, १३ राउन्ड हवाई फायर गरेपछि बल्ल स्थिति नियन्त्रणमा आयो,’ उनले भने ।
स्थिति सामान्य भएपछि प्रहरी टोली फर्किएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।