न्युजिल्यान्डको चुनाव चार साता सर्‍यो

न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डेनले मुलुकमा कोरोनाका बिरामी देखिएको भन्दै आमनिर्वाचन चार सातापछि सारेको घोषणा गरेकी छन् ।

न्युजिल्यान्डको आमनिर्वाचन आगामी सेप्टेम्बर १९ का लागि तोकिएको थियो । दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुने अभियानमा रहेकी आर्डेनले आगामी अक्टोबर १७ का लागि नयाँ मिति तोकेकी छन् । 

न्युजिल्यान्डमा कोभिड–१९ बाट संक्रमितहरु पुनः देखिएका कारण चुनावमा असर पर्ने भन्दै आमनिर्वाचनको मिति पछि सार्नु परेको पनि उनले बताएकी छन् । 

न्युजिल्यान्ड सरकारले शुक्रबार मात्र देशकै सबैभन्दा ठूलो सहर अकल्यान्डमा अरु १२ दिनका लागि लकडाउन गरिएको छ । यस सहरमा कोरोनाबाट संक्रमितको संख्या एकाएक बढेको देखिएको छ । आइतबार समुदायस्तरमा १२ जना नयाँ संक्रमित भेटिएका थिए । यो सहित न्युजिल्यान्डमा कोरोना संक्रमितको कुल संख्या ४९ पुगेको छ ।





  • प्रकाशित मिति : भदौ १, २०७७ साेमबार १६:१८:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया