बलिउडका फिल्म निर्देशक निशिकान्त कामतको निधन

एजेन्सी– बलिउडका फिल्म निर्देशक निशिकान्त कामतको निधन भएको छ । उनको सोमबार निधन भएको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।

केही समययता उनी स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना भएका थिए । आइसियूमा उपचाररत अवस्थामा उनको निधन भएको हो । उनलाई ३१ जुलाईमा एआइजी अस्पतालमा भर्ना गरिएको थियो । 

उनले केही फिल्ममा अभिनय पनि गरेका छन् । सन् २००४ मा बनेको ‘हवा आने दे’बाट उनी बलिउड प्रवेश गरेका हुन् । 

उनको निधनमा बलिउड अभिनेता अजय देवगणले शोक व्यक्त गरेका छन् । अजयले उनको निर्देशनमा फिल्ममा काम गरेका थिए । 





  • प्रकाशित मिति : भदौ १, २०७७ साेमबार १८:६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया