खाल्डोमा डुबेर बैतडीमा दुई बालकको मृत्यु

बैतडी– सडकमा बनाइएको खाल्डोमा डुबेर बैतडीमा सोमबार अपराह्न दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–२ देहिमाडौका १४ वर्षीय अङ्कित लाबड र ११ वर्षीय सन्दीप लावड रहेका छन् ।

देहीमाण्डौँ–गिरेगडा सडकखण्डअन्तर्गत सुन्दरखालीमा हिम पाइप राख्नका लागि बनाइएको खाल्डोमा डुबेर ती बालकको मृत्यु भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । 

पाइप राख्नका लागि बनाइएका खाल्डोमा वर्षातको पानी जम्मा भएको र खेल्ने क्रममा आज खाल्डोमा डुबेर दुवैजनाको ज्यान गएको हो ।  

उनले भने, ‘खेल्नका लागि सडकमा जम्मा भएका ५–६ जनामध्ये एकजना पहिला खाल्डोमा गएका रहेछन्, उसलाई निकाल्न अर्कोले पनि हाम फाल्दा दुवैजना खाल्डोमा डुबेका भन्ने खुल्न आएको छ ।’ 





  • प्रकाशित मिति : भदौ १, २०७७ साेमबार २०:१६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया