\
चौतारा– सिन्धुपाल्चोकको जुगलमा शुक्रबार गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या २४ पुगेको छ ।
सोमबारसम्ममा २२ जनाको शव भेटिएकामा मंगलबार थप दुईजनाको शव भेटिएको हो । मंगलबार ७२ वर्षीया श्रीमाई दोङ र ८७ वर्षीया धनलक्ष्मी दोङको शव भेटिएको हो ।
पहिरोमा अझै १५ जना बेपत्ता छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले खोजी जारी राखेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।