कोरोना महामारीमा असहयोग गर्ने निजी स्वास्थ्य संस्थाविरुद्ध प्रदेश सरकार अदालत जाने

जनकपुर- प्रदेश सरकार २ सरकारले कोराना महामारीका बेला असहयोग गर्ने   निजी स्वास्थ्य संस्था एव मेडिकल कलेजविरुद्ध अदालत जाने तयारी गरेको छ ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज सम्पन्न प्रदेश संकट व्यवस्थापन केन्द्र (पीसीएमसी)को बैठकले यस्तो निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार आतिष मिश्रले जानकारी दिएका छन् । 
 
सल्लाहका मिश्रका अनुसार बैठकले समाजिक विकास मन्त्रीको संयोजकत्वमा सुरक्षा निकायका प्रमुखहरुसहित रहने गरी  समन्वय समिति गठन गरेको छ । सो समितिले सुरुमा  निजी स्वास्थ्य संस्थाहरुसँग कोरोना व्यवस्थापनका विषयमा छलफल गर्नेछ। 

संघीय सरकाले तोकेको दररेट उपलब्ध गराई कोभिड संक्रमितको उपचारका लागि गर्ने, मेडिकल कलेज तथा निजी अस्पताललाई प्रयोग गर्ने निर्णय गरेको छ ।  

यस निर्णयमा असयोग गरेमा कारवाही तथा दर्ता खारेजीका लागि संघीय सरकार समक्ष सिफरिस गर्ने र कानून वमोजिम कारवाहीका लागि मुद्दा प्रक्रिया अगाडी बढाउने निर्णय गरेको  मिश्रले जानकारी दिएका छन् । 

बैठकले प्रदेशमा समुदायस्तरमै कोरोना संक्रमण फैलिदै गएको अवस्थामा जिल्लास्तरबाटै निर्णय गर्न सहज हुने गरी  २/२ जिल्ला समेटिने गरी ४ स्थानमा बैठक गर्ने निर्णय समेत गरेको छ।

 बैठकले कोरोना महामारी नियन्त्रणमा देखिएको जनशक्ति अभावलाई पूर्ति गर्नका लागि करार सेवामार्फत पदपूर्ति गर्न समाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ। 

यसका साथै बैठकले कोरोना महामारी नियन्त्रणमा उत्कृष्ट भूमिका निर्वाह गर्ने चिकित्सक, स्वाथ्यकर्मी एवं सुरक्षाकर्मीलाई प्रोत्साहन स्वरुप पुरस्कृत गर्ने निर्णय समेत गरेको छ ।



प्रदेश सरकार र पीसीएमसीले विगतमा गरेका निर्णयहरु अविलम्ब कार्यान्वयन गर्न सरोकारवालालाई निर्देशनसमेत दिएको छ ।



  • प्रकाशित मिति : भदौ २, २०७७ मंगलबार १८:३३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया