बझाङमा पहिरोमा पुरिएर १२ र ६ वर्षीय बालकको मृत्यु, मृतक दाजुभाइ
फरकधार / ३ भदौ, २०७७

बझाङ– बुङ्गल नगरपालिका ५ मिडीमा गएको पहिरामा परी बेपत्ता दुवै बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रताप ताम्राकारका १२ वर्षीय छोरा सचिन र ६ वर्षका सुदीप ओखेडा  छन् । उनीहरूको शव नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीको पहलमा पहिराले पुरिएका अवस्थामा निकालिएको हो । 



ठूला ढुङ्गा पहिरासँगै आएकाले उद्धारमा समस्या भएको थियो । बुधबार बिहान करिब १ बजेतिर घरमाथिबाट आएको पहिराले स्थानीयवासी ताम्राकारको घर पूर्ण रूपमा पुरिएको छ । उनी भने रोजगारीका सिलसिलामा भारतको बैंग्लोरमा छन् ।

पहिरामा परेर उनकी ४० वर्षीया श्रीमती पिपला, १८ वर्षीया छोरी सुनिता र १२ वर्षीया टिन्टी भनिने सन्तोषी ताम्राकार र १६ वर्षका छोरा अनिल घाइते भएका छन् । 

घाइते चारैजनाको खिरातडी स्वास्थ्यचौकीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुङ्गलले जनाएको छ । घटनालगत्तै नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा पहिरामा पुरिएका चारजनाको सकुशल उद्धार गरिएको थियो ।



  • प्रकाशित मिति : भदौ ३, २०७७ बुधबार १९:२१:४९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया