७०७ संक्रमित थपिए, जम्मा संख्या २९,६४५
मन्त्रालयका अनुसार २४ घण्टामा ६ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा ७०७ जना कोरोना संक्रमित थपिएका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले २०० सहित देशभर ७०७ जना संक्रमित थपिएको जानकारी दिएका हुन्। 

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११,८३२ पीसीआर परीक्षण गरिएको छ ।  २६४ कोरोना मुक्त भई डिस्चार्ज भएका छन्। जम्मा डिस्चार्ज हुनेको संख्या १७९६४ पुगेको छ । सक्रीय संक्रमितको संख्या  ११,५५५ छ। जम्मा संक्रमितको संख्या २९,६४५ पुगेको छ।   

मन्त्रालयका अनुसार २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । काठमाडौंकी एक महिला, मकवानपुर, सप्तरीका एकएक पुरुष र पर्साकी एक महिला र दुई पुरुषको २४ घण्टामा मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए ।   यस सँगै नेपालमा कोरोनाले ज्यान गुमाउने १२६ पुगेका छ । 

मन्त्रालयका अनुसार १२९  संक्रमितको आइसीयूमा र ७ जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ । 





  • प्रकाशित मिति : भदौ ४, २०७७ बिहीबार १६:४४:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया