बाइडेनले भने अबको अमेरिकी राष्ट्रपति निर्वाचन उज्यालो र अँध्यारोको चुनाव

अमेरिकामा डेमोक्रेटिक पार्टीका राष्ट्रपति उम्मेदवार जो बाइडेनले पार्टी नामांकन स्वीकार गरेपछि आफ्नो पहिलो सम्बोधन गरेका छन् । उनले यो पहिलो सम्बोधनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो समयसम्म देशलाई अन्धकारमा राखेको बताएका छन् । 

अमेरिकाका उपराष्ट्रपति भइसकेका बाइडेनले उनका प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पले अत्यन्त धेरै क्रोध, भय र विभाजन फैलाएको आरोप पनि लगाएका छन् ।

७७ वर्षका जो बाइडेनले आफ्नो पहिलो सम्बोधनलाई आफ्नो पाँच दशक लामो राजनीतिक अनुभवबाट समेटेर तयार पारेको पनि बताएका छन् ।

अहिले अमेरिकामा विभिन्न ठाउँमा भएका पूर्वानुमानहरुमा बाइडेन ७४ वर्षका डोनाल्ड ट्रम्पभन्दा अगाडि देखिएका छन् । तर, अझै अमेरिकामा चुनाव हुनका लागि ७५ दिन बाँकी छ । 

‘म सबैभन्दा राम्रो गरेर देखाउनेछु,’ बाइडेनले आफ्नो सम्बोधनमा भनेका छन्, ‘म उज्यालोको सहयोगी बन्नेछु, अँध्यारोको होइन ।’

यसअघि बुधबार मात्र जो बाइडेनले उपराष्ट्रपति पदका लागि छानेकी उम्मेदवार कमला ह्यारिसले पनि ट्रम्पमाथि नस्लभेदको आरोप लगाएकी थिइन् । उनले यो आरोप लगाउँदै नस्लभेदको कुनै भ्याक्सिन नभएको बताएकी थिइन् ।





  • प्रकाशित मिति : भदौ ५, २०७७ शुक्रबार ११:२२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया