८३८ कोरोना संक्रमित थपिए, २५० जना डिस्चार्ज
१५ जना भेन्टिलेटरमा, ६ जिल्लामा ५ सयभन्दा बढी सक्रिय कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ८ सय ३८ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्‍वर गौतमले नियमित प्रेस ब्रिफिङमा यसको जनाकारी दिएका हुन् । जसमा २ सय ९२ महिला र ५ सय ४६ पुरुष रहेका छन् । 

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट २ सय ५० जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १८ हजार २ सय १४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५९ प्रतिशत ८ रहेको छ ।

आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १२ हजार १ सय ३२ रहेको छ ।  पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १३ हजार ५ सय ७९ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ५ लाख ७९  हजार ८ सय ९९ जनाको पीसीआर परीक्षण गरिएको छ । 

देशभरका संस्थागत आइसोलेसन ८ हजार ५ सय ४६ जना र होम आइसोलेसनमा ३ हजार ५ सय ८६ रहेका छन् । आजसम्म देशभर १२ हजार २ सय ३४ जना क्‍वारेन्टिनमा रहेका छन् ।

कोरोना संक्रमितको संख्या ५ सयभन्दा बढी भएका जिल्लाहरु मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही र काठमाडौं रहेका छन् । भोजपुर, म्याग्दी, मुस्ताङ र हुम्लामा संक्रमण शून्य देखिन्छ ।  हालसम्म १५ जना कोरोना संक्रमित भेन्टिलेटरमा छन् । उनीहरु सबै वाग्मती प्रदेशका हुन् ।

हालसम्म देशभर कोरोना संक्रमितको संख्या ३० हजार ४ सय ८३ पुगेको छ । 





  • प्रकाशित मिति : भदौ ५, २०७७ शुक्रबार १६:५५:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया